आइतबार, माघ ११, २०८२

राष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

मेरोन्यूज २०७८ चैत १३ गते १९:१६
फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आइतबार अपरान्हदेखि शुरु पार्टी स्थायी समितिको बैठक स्थलबाट एमाले अध्यक्ष ओली सीधै राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न पौने ६ बजे शीतल निवास पुगेको स्रोतले जनाएको छ । ‘लामो समय भएको थियो राष्ट्रपति र पार्टी अध्यक्षबीच भेटघाट नभएको त्यसले आज समय मागिएको थियो भेटघाट भएको हो, भेटघाटमा समसामयिक राजनीतिक अवस्था र स्थानीय तहको निर्वाचको विषयमा कुराकानी भएको छ’, स्रोतले भन्यो ।

बिहीबार ३ बजेदेखि एमाले स्थायी समितिको बैठक पनि महाराजगञ्जको रोयल दरबार रेष्ट्रो एण्ड भेन्यूमा बसेको हो । बैठक सकेर एमाले अध्यक्ष शितल निवास गएका थिए ।

प्रतिक्रिया