तनहुँमा थपिए ५० हजार मतदाता

तनहुँ । तनहुँमा झन्डै ५० हजार मतदाता थपिएका छन् । पछिल्लो पाँच वर्षमा ४९ हजार ८६९ मतदाता थपिएका हुन् । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार अन्तिम मतदाता नामावलीको टुंगो लगाएको छ । जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालका अनुसार तनहुँमा कुल दुई लाख ४४ हजार ३४० जनाको नामावली सार्वजनिक भएको छ । जसमध्ये एक लाख १७ हजार १३४ पुरुष र एक लाख २७ हजार २०६ महिला मतदाता रहेका छन् ।
एक लाख चार हजार ३२७ महिला र ९० हजार १४४ पुरुष गरेर २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता थिए । ६१ हजार ५२७ मतदाता मतदानमा सहभागी नै भएनन् । एक लाख ३२ हजार ९४४ मत गत स्थानीय निर्वाचनमा खसेको हो । त्यसमा पनि तीन हजार १५४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालमा भएको प्रदेश र प्रतिनिधीसभाको निर्वाचनमै जिल्लामा २० हजार ९७५ मतदान गर्न योग्य मतदाता थपिए ।
गत २४ माघसम्म जिल्लामा मतदाता नामवली संकलन भईरहेको थियो । दुई लाख ४७ हजार ७०५ जना मतदान गर्न योग्य भएको मतदाताको विवरण निर्वाचन आयोगमा पठाईएको जिल्ला निर्वाचन अधिकृत ढकालले बताए । ‘२९ बैशाखसम्म १८ पुरा भई मतदान गर्न योग्य मतदाताको विवरण आयोगमा पठाईएको थियो । त्यसमध्य तीन हजार ३६५ जना कमको अन्तिम मतदाता नामावली सार्वजनिक भएको छ । के कारणले फरक पर्यो आयोगसँग बुझ्दैछौँ’, उनले भने ।
जिल्लाका १० स्थानीय तहमा सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा र कम देवघाट गाउँपालिकामा रहेको ढकालले जानकारी दिए । उनका अनुसार व्यासमा ४७ हजार ५४२ छन् भने देवघाटमा १२ हजार ८१५ रहेका छन् ।
मतदाता बढेसँगै जिल्लामा मतदान केन्द्रको संख्या पनि थप गरिएको छ । यसपाली जिल्लाका १० स्थानीय तहमा २९७ मतदान केन्द्र हुनेछन् । मतदान स्थलको संख्या भने घटबढ भएको छैन् । अघिल्लो निर्वाचनमा १३६ मतदानस्थल र २५२ मतदान केन्द्र थिए ।
















अनर एक्स९डी प्रि–बुकिङमा ग्राहकलाई अफर
क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया