एनआरएनए अध्यक्षमा थापा,आचार्य, र केसी,अन्य पदमा को-को ?

काठमाडौं । गैर गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा तीन जना सर्वसम्मत रुपमा चयन भएका छन् ।
संघको काठमाण्डौंमा सम्पन्न १० औं महाधिवेशनले अध्यक्ष पदमा रविना थापा,कुल आचार्य र डा. बद्री केसीलाई सर्वसम्मतले चयन भएका हुन ।थापा एनआरएनको इतिहासमै पहिलो महिला अध्यक्ष भएकी छिन् ।
तिन अध्यक्षको व्यवस्था र केहि पद थप गर्दै विधान संशोधन गरेर संघले नयाँ कार्यसमिति चयन गरेको हो । अर्को पटकलाई नजिर नबस्ने गरी बाकी रहेको १८ महिने कार्यकालमा अध्यक्षहरुको कार्यकाल ६र६र६ महिना रहने प्रावधान रहेको छ । पहिलो छ महिना कुल आचार्यले,दोस्रो छ महिना रविना थापा र तेस्रो छ महिना डा. केसीले संघको नेतृत्व गर्ने गरि सहमती जुटाईएको संघका निवर्तमान अध्यक्ष कुमार पन्तले बताए ।
संघको उपाध्यक्षहरुमा प्रकाश गुरुङ डा. हेमराज शर्मा, महेश श्रेष्ठ, भुषण घिमिरे, डिबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, आरके शर्मा लगायत ११ जना चयन भए ।
यस्तै महासचिवमा गौरीराज जोशी र डा. केशव पौडेल चयन भएका छन् । महिला उपाध्यक्षमा विष्णुमाया परियार र यस्मिन बेगम चयन भए । उप महासचिवमा विनय अधिकारी, ओम गुरुङ,गणेश केसी, डा देवी बस्नेत,नारायण काफ्ले, र रामशरण सिंखडा ६ जना चयन भए ।
सचिवमा चिरञ्जिीवि घिमिरे,गंगाधर गौतम, खगेन्द्र न्यौपाने,प्रविण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत,प्रमोद सिटौला,गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् । भने महिला सचिवमा डा.अलिलि पोखरेल र टिका गुरुङ चयन भएका छन् ।
कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणिन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दिपक शर्मा, होम गौतम, कृष्ण तिमिल्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी,टंक गैरे र यज्ञ सुवेदी चयन भए ।
यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा,यमुना भट्टराई र योगिता थापा चयन हुनुभएको छ। यस्तै युवा संयोजकमा अब्दुल वासीद र रविन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठठा चयन भए। प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भए ।
संसोधित विधान अनुसार अध्यक्ष ३, उपाध्यक्ष ११,महासचिव २, उप महासचिव ६, सचिव १० जना हुने व्यवस्था गरिएको छ । त्यस्तै कोषाध्यक्ष ३,सहकोषाध्यक्ष ८,महिला सहकोषाध्यक्ष ३, प्रवक्ता २ जना हुने व्यवस्था गरिएको छ।
संसोधित विधान अनुसार महिला संयोजक २,युवा संयोजक २,क्षेत्रीय संयोजक २,क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५ को व्यवस्था गरिएको छ। क्षेत्रीय महिला संयोजकको संख्या बढाएर ३ जना, क्षेत्रीय युवा संयोजक २,क्षेत्रीय महिला उप संयोजक २ र क्षेत्रीय युवा संयोजक २ जना हुने व्यवस्था गरिएको छ। संसोधित विधान अनुसार एनआरएनको पदाधिकारी संख्या नै ९५ जनाको हुनेछ।















कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
क्यूआर स्क्यानमा लाखौँका प्राइज
महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी क्यालेन्डर २०८३’को डिजिटल संस्करण सार्वजानिक
नेपाल पत्रकार महासङ्घको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
प्रतिक्रिया