पाँचथरमा जीप दुर्घटनामा ११ जना घाइते
काठमाडौँ । पाँचथरको फिदिम २ साराङ्गेमा बोलेरो जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले ४५ वर्षीया मैया थापा मगर गम्भीर घाइते भएको जानकारी दिए । सुनसरीको इहटरी उपमहानगरपालिका ५ कि उनको निधार र हातखुट्टामा गम्भीर चोट लागेको छ ।
दुर्घटनामा सोही ठाउँका ३६ वर्षीय कृष्ण थामी, ३६ वर्षीया श्रीमती गोमा थामी, ४० वर्षीया कल्पना शिवा, ४५ वर्षीय सुरेश चौधरी र २४ वर्षीया सुस्मिता शिवा घाइते भएकी हुन् ।
उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । सोही दुर्घटनामा परेर ४० वर्षीया सम्झना दर्जी, २९ वर्षीया सुजता शिवा, ४८ वर्षीया इन्द्रबहादुर कामी, झापाको अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय कमल राई, चाकल धनकुटाको हिलेका प्रकाश तामाङ पनि घाइते भएका छन् ।
उनीहरूको समर्पित अस्पताल फिदिममै उपचार भइरहेको छ । इटहरीबाट ताप्लेजुङतर्फ जाँदै गरेको उनीहरू सवार को १ ज २८४६ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए ।
















जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान मृत फेला
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया