सानिमा बैंकद्वारा चार होटलसँग ग्राहकलाई छुटको सम्झौता
मेरोन्यूज
२०७८ चैत १४ गते १६:१३

काठमाडौँ । सानिमा बैंकले र्याडिसन होटल, द एभरेष्ट होटल, होटल अकामा र अलफट काठमाडौँ ठमेलसँग होटलको सेवाहरूमा छुट दिने सम्झौता गरेको छ । ग्राहकले सानिमा भिसा कार्ड र सानिमा सजिलो इबैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्दा छुट पाउने भएको हो ।
बैंकका अनुसार र्याडिसन होटलमा १० प्रतिशत, द एभरेष्ट होटलमा १५ प्रतिशत, होटल अकामामा २० प्रतिशत र अलफ्ट काठमाडौँ ठमेलमा १५ प्रतिशत छुट पाउने छन् । यी होटलमा प्रदान गरिने विभिन्न सेवाहरूमा छुट उपलब्ध हुने भएको हो ।
सानिमा बैंकले देशभर १२६ वटा कार्यालय तथा ११४ वटा एटीएम सञ्चालनमा ल्याएको छ । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
सम्बन्धित













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया