‘प्रचण्ड–माधवलाई अलिअलि मत थप्ने काम गरौँ, ओलीलाई बलियो नबनाऔँ’

काठमाडौँ । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यले स्थानीय निर्वाचमा चुनावी तालमेल गर्नु पर्ने बताएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले अन्य दलसँग चुनावी तालमेल, गठबन्धन तथा सहकार्य गरेर अधि बढ्नु पर्ने बताएका हुन् ।
यसबारे कांग्रेसले भोलिको केन्द्रीय समिति बैठकले थप निर्णय गर्ने छ । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले अहिलेको गठबन्धनअनुसार निर्वाचनमा अघि बढ्दा राम्रो हुने बताएका हुन् ।
त्यसका लागि पार्टीको वस्तुस्थित कस्तो छ ? भन्ने विषयमा अध्ययन गरेर कस्तो खालको तालमेल गर्ने हो ? भन्ने विषयमा सैद्धान्तिक निर्णय गर्नु पर्ने केन्द्रीय सदस्यहरूले बताएका थिए ।
‘अधिकांश सदस्यले तालमेल, गठबन्धन, सहकार्य गरेर जानु पर्ने सुझाव आयो, त्यसमा कुन ठाउँमा पार्टीको कस्तो खाले वस्तुस्थिति छ ? त्यसका आधारमा कहाँ तालमेल गर्ने कहाँ नगर्ने भन्ने विषयमा केन्द्रले एउटा सैद्धान्तिक निर्णय गर्नु पर्छ,’ पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘सोही आधारमा भोलि प्रस्ताव तयार भएर निर्णय हुन्छ ।’
अहिलेको गठबन्धन.अनुसार चुनावी तालमेल गरेर अघि बढेको खण्डमा आउने संसदीय निर्वाचनमा समेत पार्टीले जित्ने परिस्थिति निर्माण हुने उनीको भनाई थियो ।
केही सदस्यले भने एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नु पर्ने बताएका थिए । ‘कतिपय साथीहरूको मत गठबन्धन नगरिकन, तालमेल नगरिकन, एक्लै चुनावमा गएर पार्टीलाई परीक्षणमा राख्नुपर्छ भन्ने सुझाव आयो,’ प्रवक्ता डा. महतले भने ।
बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा, नेता रामचन्द्र पौडेललगायत नेता चुनावी तालमेलको पक्षमा उभिएका छन् । त्यस्तै, सभापति शेरबहादुर देउवा पनि गठबन्धन गरेरै चुनावमा जानु पर्ने पक्षमा छन् ।
उनले २०७४ सालको निर्वाचनमा एक्लै लड्दा थोरै सिटमा जितेको स्मरण गराउँदै गठबन्धन गरेरै अघि बढ्नु पर्नेमा जोड दिए । महामन्त्री शर्माले भने अवस्था हेरेर तालमेल गर्नु पर्ने बताए ।
एमालेलाई थप बलियो बनाउने कार्य कांग्रेसले गर्न नहुने भन्दै नेता पौडेलले भने, ‘बरु प्रचण्ड–माधव नेपाललाई अलिअलि मत थप्ने कामका सहयोग गरौँ, तर ओलीलाई थप बलियो बनाउने काम नगरौँ ।’
बैठकमा अर्का महामन्त्री गगन थापाले तालमेल नगरी कांग्रेस एक्लै लड्नु पर्ने बताएका थिए । उनको धारणामा कांग्रेस नेता डा. शेखर कोइरालाले साथ दिएका छन् । देशभर लाखौं नयाँ मतदाता थपिएको भन्दै उनीहरूलाई पहिलोपटक नै रूखमा भोट हाल्न लगाउनु पर्ने बताए ।
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया