अछाममा कुल मतदाता संख्या १ लाख ५६ हजार

अछाम । अछाममा कुल मतदाता संख्या १ लाख ५६ हजार २ सय ८० रहेको छ । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार पुरुष ७५ हजार ८ सय ३७, महिला ८० हजार ४ सय ४१ र अन्य ३ जना रहेका छन् । अछाममा कुल मतदान स्थल १ सय ३० रहेको छ भने मतदान केन्द्र संख्या २ सय ७ रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ। जिल्लामा सबैभन्दा बढी साँफेबगर नगरपालिकामा १० हजार ४ सय ६ पुरुष र ११ हजार ३ सय ९६ महिला गरी २१ हजार ८ सय ६४ मतदाता रहेका छन् भने सबैभन्दा कम बान्नीगढी जयगढ गाँउपालिकामा ५ हजार ६ सय ३६ पुरुष र ६ हजार १ सय ६ महिला गरी ११ हजार ७ सय ४२ मतदाता रहेका छन् ।
यस्तै मंगलसैन नगरपालिकाका ९ हजार ४ सय ४५ पुरुष र १० हजार ३ सय ३२ महिला, अन्य १ गरी १९ हजार ८ सय ७८ मतदाता, पञ्चदेवल बिनायक नगरपालिका ७ हजार ८ सय २७ पुरुष र ८ हजार ६ सय १८ महिला गरी १६ हजार ४ सय ४५ मतदाता, तुर्माखाँद गाउँपालिकामा ७ हजार सय ९२ पुरुष र ७ हजार ८ सय १९ महिला गरी १५ हजार ५ सय ११ मतदाता रहेका छन् ।
यस्तै मेल्लेख गाउँपालिकामा ७ हजार ५ सय १५ पुरुष र ७ हजार ९ सय ४६ महिला, अन्य १ गरी १५ हजार ३ सय ६१ मतदाता, चौरपाटी गाउँपालिकाकामा ६ हजार ७ सय ५४ पुरुष र ७ हजार ९ सय ९० महिला गरी १४ हजार ७ सय ४४ मतदाता, रामारोशन गाउँपालिकामा ७ हजार २ सय ५५ पुरुष र ७ हजार १ सय ६३ महिला गरी १४ हजार ४ सय १८ मतदाता रहेका छन् । यस्तै कमलवजार नगरपालिकाका ७ हजार ४६ पुरुष र ६ हजार ८ सय ९७ महिला गरी १३ हजार ९ सय ४३ मतदाता र ढकारी गाउँपालिकामा ६ हजार २ सय पुरुष र ६ हजार १ सय ७४ महिला गरी १२ हजार ३ सय ७४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय अछामले जानकारी दिएको छ ।
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया