सोमबार, माघ ५, २०८२

दुई स्थानीय तहको कागजात अख्तियारको नियन्त्रणमा

मेरोन्यूज २०७८ चैत १५ गते १५:२५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जिल्लाको स्थानीय तहबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा राहत सामग्री वितरण गर्ने भन्दै अनियमितता भएको उजुरीसँगै अख्तियारले दुई स्थानीय तहको कागजात नियन्त्रणमा लिएको हो ।

Advertisement
thakur moters insidethakur moters inside

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पर्साको जगरनाथपुर र सर्लाहीको कौडेना गाउँपालिकाका कागजात नियन्त्रणमा लिई अनुसन्धान थालेको हो ।

कोरोना कालमा खाद्यान्नसहित अन्य राहत सामग्रीका नाममा नक्कली बिल बनाएर भेटिएपछि छापा मारिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया