मंगलम सिपिभिसि प्लस पाइपलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ । नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र निर्यातकर्ता मंगलम इण्डस्ट्रिजबाट उत्पादित पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ । यसका एसडिआर ११ (१५ र ५० मिमि) र एसडिआर १३.५ (२० र ५० मिमि)लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रदान गरिएको हो ।
गुणस्तर तथा नापतौल विभागले विभिन्न नेपाली उत्पादनहरुलाई गुणस्तरको मानकको रुपमा यो चिन्ह प्रदान गर्दै आएको छ । नेपाल गुणस्तर चिन्ह अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । यो चिन्ह पाएका उत्पादन गुणस्तरीय र नेपाली बजारमा बिक्री योग्य मानिन्छन् ।
‘हाम्रो सीपीभीसी प्लसले नेपाल गुणस्तर चिन्ह पाएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ, उत्पादन प्रक्रियामा सबै मापदण्ड पु¥याएका, गुणस्तरीय र सुरक्षित उत्पादनहरुलाई गुणस्तर विभागले यो चिन्ह प्रदान गर्दै आइरहेको छ,’ इण्डस्ट्रिजका उपाध्यक्ष प्रदिप शुक्लाले भने, ‘यो हाम्रो लागि उल्लेखनीय उपलब्धि हो, साथै यसले हामीलाई भविष्यमा अझै गुणस्तरीय उत्पादन गर्न पनि हौसला दिएको छ ।’
नेपालकै सबैभन्दा ठूलो प्रयोगशाला भएको मंगलम् इन्डस्ट्रिजले निर्माण कार्यमा आवश्यक पाइप्स र फिटिङ्स नेपालमै उत्पादन गर्दै आइरहेको छ ।

















सुनसरी– १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ विजयी
आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको अर्थमन्त्री खनालको भनाइ
भेनेजुएलामा ऐतिहासिक कानून लागू, १७ राजनीतिक बन्दी मुक्त
काठमाडौँमा प्रदूषण बढ्यो
मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापा क्षेत्र नम्बर ५ मा मतगणना सुरु : बालेनकाे अग्रता
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
प्रतिक्रिया