सत्तागठबन्धनको निर्णय : सत्तारुढ दलले गठबन्धन बाहिरका अन्य दलसँग तालमेल गर्न नपाइने
चुनावी तालमेलका लागि केन्द्रदेखि स्थानीय तहसम्मै सन्यत्र बनाउने, महानगरको निर्णय केन्द्रबाटै गर्ने
काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनको तालमेलका लागि सहजीकरण र निर्णय लिनका लागि केन्द्रीय स्तरमै संन्त्र बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले यस्तो निणृय गरेको हो । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीले चुनावमा तालमेल गरेर जाने विषयमा सैद्दान्तिक सहमति गरेका छन् ।
आ आफना राजनीतिक दलको बैठक राखेर चुनावी तालमेलकाो पक्षमा निर्णय गराएका गठबन्धन दलले अव कसरी जाने भन्नेमा निर्णय लिन संन्यत्र बनाउने निर्णय लिएका हुन् । यधपी संन्यत्रमा को -को रहने भन्नेमा सम्वन्धित दलले नाम दिएपछि टुग्गो लाग्नेछ ।
विहिवारको गठबन्धनकको बैठकमा महानगरपालिकाको उम्मेदवार र कुन दलले कसरी नेतृत्व लिने भन्नेमा भने केन्द्रबाटै निणृय लिइने पनि सहमति जनाएका छन् । महानगरमा सवैमा चुनावी तालमेल गर्ने प्रमुख सत्तागठबन्धन दलका वीचमा सहमति बनेको छ । कुन दलले कुन महानगर लिने भन्ने विषयमा भन्ने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्केपछि मात्र बैठक बसेर निर्णय लिइने नेताहरुको भनाई छ ।
सत्ता गठबन्धनको बैठकले केन्द्रदेखि स्सथानीय तहसम्मै निर्वाचनका लागि संन्यत्र बनाउने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्वद्ध दलहरुले गठबन्धनमा मात्रै चुनावी तालमेल गर्ने निर्ण भएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मेरोन्यूजलाई जानकारी दिए ।
बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिका स्तरमा ५ वटै दलका नेताहरू सम्मिलित संयन्त्र बनाउने निर्णय गठबन्धनले गरेको छ ।
‘प्रदेश, जिल्ला र पालिकामा ५ वटै दलका सम्बन्धित तहको नेतृत्व सम्मिलित संयन्त्र बनाउने निर्णय भएको छ । त्यो संयन्त्रले चैत २२ गतेभित्र सम्बन्धित पालिका, जिल्ला र प्रदेशमा ५ दलीय गठबन्धनको अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउनेछन्’, मन्त्री कार्कीले पत्रकारहरूसँग भने ।
















निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
प्रतिक्रिया