सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा भारी छुट

काठमाडौँ । भारतस्थित मेदान्त र द मेडिसिटि अस्पतालमा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
बैंक र दिल्लीस्थित मेदान्त अस्पतालमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस क्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले हस्ताक्षर गरेका थिए ।
यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारमा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखामा पाउने छन् ।
सिटिजन्स बैंकले हाल देशभर १७४ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ । बैंकले आफ्नो १५ औँ वार्षिकत्सव मनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । वैशाख ७ गते बैंकको वार्षिकत्सव परेको छ ।
















लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया