सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा भारी छुट

काठमाडौँ । भारतस्थित मेदान्त र द मेडिसिटि अस्पतालमा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
बैंक र दिल्लीस्थित मेदान्त अस्पतालमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस क्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले हस्ताक्षर गरेका थिए ।
यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारमा सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले भारतको गुरगाउँ, लखनउ, राँची, इन्दौरलगायतका मेदान्त अस्पतालका सबै शाखामा पाउने छन् ।
सिटिजन्स बैंकले हाल देशभर १७४ वटा शाखा, १२५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ । बैंकले आफ्नो १५ औँ वार्षिकत्सव मनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । वैशाख ७ गते बैंकको वार्षिकत्सव परेको छ ।















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया