जनताले एमालेको सरकार चाहेको छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि आजित भएकाले एमालेको सरकार बन्नु पर्ने मत जनतामा रहेको बताएका छन् । नेकपा एमाले कालीकोटले खाडाँचक्र नगरपालिका १ मान्ममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘विगत तीन वर्ष सरकारमा हुँदा जनताको मन जित्ने काम गरेकाले बाँकी योजना गठबन्धनको सरकारले कटौती गरेको छ,’ अध्यक्ष ओलीले भने, ‘यो देश विकास गर्ने पार्टी हो, देश बनाउने पार्टी हो, गलत कुरा गर्न सकिँदैन, कसैलाई गाली गर्दैन, एमालेलाई बहुमत दिएर सरकारमा पठाएका थिए, तर अदालतले सरकारले ढाल्यो ।’
एमाले सरकारमा हुँदा जनमुखी काम गरेकै कारण अहिले नेपालका जनताले फेरि पनि छिटो एमालेको सरकार बनोस् भन्ने दृढ इच्छा राखिरहेका उनको भनाई थियो । स्थानीय तहको निर्वाचनमा एमालेकै नेतृत्व हावी हुने र आगामी प्रदेश तथा प्रतिनिधिसभामा पनि एमालेकै सरकार बन्ने उनको दाबी छ ।
‘आउने निर्वाचनमा एमालेले जितेर फेरि सरकार नेतृत्व गर्छ र नागरिकका समस्या समाधान गर्छ,’ उनले भने, ‘गठबन्धनले देशको हित गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धन पत्तासाफ हुनेछ ।’














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया