सोमबार, चैत १६, २०८२

जनताले एमालेको सरकार चाहेको छ : अध्यक्ष ओली

मेरोन्यूज २०७८ चैत १७ गते २०:४१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारदेखि आजित भएकाले एमालेको सरकार बन्नु पर्ने मत जनतामा रहेको बताएका छन् । नेकपा एमाले कालीकोटले खाडाँचक्र नगरपालिका १ मान्ममा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘विगत तीन वर्ष सरकारमा हुँदा जनताको मन जित्ने काम गरेकाले बाँकी योजना गठबन्धनको सरकारले कटौती गरेको छ,’ अध्यक्ष ओलीले भने, ‘यो देश विकास गर्ने पार्टी हो, देश बनाउने पार्टी हो, गलत कुरा गर्न सकिँदैन, कसैलाई गाली गर्दैन, एमालेलाई बहुमत दिएर सरकारमा पठाएका थिए, तर अदालतले सरकारले ढाल्यो ।’

एमाले सरकारमा हुँदा जनमुखी काम गरेकै कारण अहिले नेपालका जनताले फेरि पनि छिटो एमालेको सरकार बनोस् भन्ने दृढ इच्छा राखिरहेका उनको भनाई थियो । स्थानीय तहको निर्वाचनमा एमालेकै नेतृत्व हावी हुने र आगामी प्रदेश तथा प्रतिनिधिसभामा पनि एमालेकै सरकार बन्ने उनको दाबी छ ।

‘आउने निर्वाचनमा एमालेले जितेर फेरि सरकार नेतृत्व गर्छ र नागरिकका समस्या समाधान गर्छ,’ उनले भने, ‘गठबन्धनले देशको हित गर्न नसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धन पत्तासाफ हुनेछ ।’

प्रतिक्रिया