पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने निर्णय

पोखरा । निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने तयारी गरिएको छ । बुधबारको कार्यपालिका बैठकले पोखरा १४ को बाच्छेबुडुवाबाट भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको हो ।
पोखरा ३३, साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको महानगरले जनाएको छ । त्यस क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने दुई ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ ।
तर, वडाध्यक्ष शिव आचार्य भने सम्भाव्यता अध्ययनका लागि मात्रै ठाउँ प्रस्ताव गरिएको बताउँछन् । ‘अहिले नै सार्ने भनेको होइन । सम्भाव्यता अध्ययनका लागि कार्यपालिकाले पास गर्नुपर्ने रहेछ । अध्ययनका लागि जग्गा छानिएको हो,’ उनले भने, ‘२(४ ठाउँ हेरेका छौं । कता उपयुक्त हुन्छ, त्यो आँखाले हेरेर हुन्न अध्ययन नै गर्नुपर्छ ।’
उनले डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन गर्नका लागि जग्गाको खोजी गरिएको बताए । पन्चेपाटन, जौबारी, कुमालटार लगायतका जग्गा प्रस्ताव गरिएको छ । ‘वरपर सार्वजनिक जग्गा छन् । व्यक्तिले सरकारी जग्गा पनि चर्चेर खेती गरेका छन्,’ उनले अघि भने, ‘१ सय रोपनी किन्यौं भने १ सय रोपनी सार्वजनिक हुन्छ । २ सय रोपनी भए ल्याण्डफिल सार्न जग्गा पुग्छ ।’
यसअघि पोखरा १६ र २० को सीमानामा ल्याण्डफिल सार्ने निर्णय गरेकोमा स्थानीयको अवरोधले अघि बढ्न सकेन । विमानस्थल सन्चालनका लागि अहिलेको ल्याण्डफिल सार्नुपर्ने पहिलो सर्त छ । पोखरा महानगरलाई ४ वर्षअघि नै ल्याण्डफिल सार्न अनुरोध गरिएकोमा महानगरले चासो नदिँदा अहिले समस्या भएको हो ।
















दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
राष्ट्रिय सभा निर्वाचनमा कसकाे कति मत ?
अभिषेक चम्किँदा भारतकाे न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया