प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार भारत भ्रमणमा निस्केका हुन् । प्रधानमन्त्रीका साथमा पत्नी आरजु राणा, उर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा, विभिन्न मन्त्रालयका सचिव लगायत रहेका छन् । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री देउवा आज अपराह्न २.५० बजे भारतको दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन् । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार शुक्रबार अपराह्न ४ ३० मा विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
आजै प्रधानमन्त्री देउवालाई भाजपा मुख्यालय आइटिओमा भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गर्ने कार्यक्रम छ । तर, देउवाले प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेस र अन्य प्रतिपक्षी नेताहरूसँग बेग्लाबेग्लै भेट्ने कार्यक्रम छैन ।
आज साँझ नेपाली राजदूतावासमा नेपालप्रति शुभेच्छा राख्ने भारतीय नेतासँग रात्रिभोजसहित प्रधानमन्त्री देउवाको सामूहिक भेटवार्ताको कार्यक्रम तय भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने कार्यक्रम छ ।
शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।
मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ । त्यसपश्चात सवा १२ बजे प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुवात गर्ने कार्यक्रम छ ।
नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदको विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल भइरहेको छ । शनिबार नै अपराह्न ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्
प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट बनारस पुग्ने कार्यक्रम छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने छन् । बनारसबाट प्रधानमन्त्री देउवा अपराह्न ४ बजे दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम छ ।
















निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रतिक्रिया