टी–२० क्रिकेट सिरिज : पीएनजीको फाइन यात्रा कायमै

काठमाडौँ । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियालाई पराजित गरेको छ । पीएनजीले मलेसियालाई आठ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको १९७ रनको लक्ष्य पीएनजीले १७.५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो ।
मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए ।
बलिङतर्फ पीएनजीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक–एक विकेट लिए । जवाफी व्याटिङ गर्ने क्रममा पीएनजीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए । उराले ३४ बल खेल्दै १० छक्का र दुई चौका प्रहार गरे ।
यस्तै, भालाले ५१ बलको सामना गर्दै एक छक्का र आठ चौका हाने । बलिङतर्फ मलेसियाका फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले एक एक विकेट लिए ।
मलेसियाले शनिबार नेपालसँग खेल्ने छ । नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । जारी सिरिजमा नेपालले हालसम्म खेलेको तीनवटै खेलमा जित निकालेको छ ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
बाढी-पहिरोले बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया