टी–२० क्रिकेट सिरिज : पीएनजीको फाइन यात्रा कायमै

काठमाडौँ । त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनी (पीएनजी)ले मलेसियालाई पराजित गरेको छ । पीएनजीले मलेसियालाई आठ विकेटले पराजित गरेको हो ।
मलेसियाले दिएको १९७ रनको लक्ष्य पीएनजीले १७.५ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो ।
मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै, कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए ।
बलिङतर्फ पीएनजीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक–एक विकेट लिए । जवाफी व्याटिङ गर्ने क्रममा पीएनजीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए । उराले ३४ बल खेल्दै १० छक्का र दुई चौका प्रहार गरे ।
यस्तै, भालाले ५१ बलको सामना गर्दै एक छक्का र आठ चौका हाने । बलिङतर्फ मलेसियाका फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले एक एक विकेट लिए ।
मलेसियाले शनिबार नेपालसँग खेल्ने छ । नेपाल भने यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । जारी सिरिजमा नेपालले हालसम्म खेलेको तीनवटै खेलमा जित निकालेको छ ।









पूर्वसभामुख कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न आदेश
टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
नेपालगञ्जमा अतिक्रमित घर टहरा हटाउन सुरु
एनपीएलमा सुदूरपश्चिमको लगातार चौथो जित
भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया