सोमबार, माघ १२, २०८२

रुख ढाल्ने क्रममा एक जनाको मृत्यु, तीन नियन्त्रणमा

मेरोन्यूज २०७८ चैत १८ गते २१:३८

काठमाडौँ । रुख ढाल्ने क्रममा इलाम नगरपालिका ४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ । इलाम नगरपालिका ४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।

स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए ।

सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका ४ का स्थानीय सन्तबहादुर राई र कुवेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरुङलाई रुखले लागेको थियो ।

के कारणले रुखले लागेर उनको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अनुसन्धानकै क्रममा ठेक्कामा बगान लिएर रुख कटाउने सन्दकपुरका सुवास राई र रुख काट्ने इलाम नगरपालिका ४ का स्थानीयवासी सन्तबहादुर र कुवेरलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया