एमबीबीएस प्रवेश परीक्षा केन्द्रमा पुगे मन्त्री पौडेल

काठमाडौँ । स्नातक तहको एकीकृत (एमबीबीएस) प्रवेश परीक्षा केन्दमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निरीक्षण गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा सञ्चालित दुई परीक्षा केन्द्रमा निरीक्षण गरेका हुन् ।
“देश विदेशबाट परीक्षा दिन परीक्षार्थी आउनुभएको छ,” चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहितका प्रतिनिधिलाई मन्त्री पौडेलले भने, “चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा अहिलेसम्म प्रश्न उठेको छैन यसलाई थप मजबुद बनाउँदै लैजानुहोला ।”
मन्त्री पौडेलले नेपाल आर्मीको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षण गरे । स्नातक तहको एकीकृत प्रवेश परीक्षा आज भोलि र पर्सी गरेर तीन दिन हुनेछ । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षाहरू सहभागी हुनेछन् । शुक्रबार पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् ।
त्यसका लागि काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जनाकारी दिए ।
















चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रतिक्रिया