दीपेन्द्रको शतकमा मलेसियालाई २२४ रनको लक्ष्य

काठमाडौँ । नेपालले मलेसियालाई २२४ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालले ५ विकेटको क्षतिमा २० ओभर खेल्दै २२३ रन बनाएको हो ।
खेलमा दीपेन्द्र सिंह ऐरीले ५७ बल खेल्दै ११० रनको शतक हाने । उनी ६ छक्का र १० चौकाको मद्दतमा ११० रनमा अविजित रहे ।
दीपेन्द्र ओडीआई र टी २० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि पूर्व कप्तान पारस खड्काले मात्रै दुवै फर्म्याटमा शतक हानेका थिए ।
यस्तै, रोहित पौडेलले पहिलो अर्धशतक प्रहार गरे । उनले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए । यी दुई खेलाडीले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे ।
ओपनर आसिफ शेखले १८ र कुशल भुर्तेलले १२ रन बनाएर फर्किए । आरिफ शेख २ रन बनाएर आउट हुँदा आदिल अन्सारीले १४ रन जोडे ।
बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले समान १–१ विकेट लिए ।
टस जितेर मलेसियाले नेपाललाई पहिलो ब्याटिङको निम्तो दिएको थियो ।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया