‘पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्नुस्’

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
आपूर्ति सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक विरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् । उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुन पर्ने पनि बताए ।
व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको जानकारी दिए । सोहीअनुरुप आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए ।
‘मन्त्री ज्यूबाट पेट्रोलियम पदार्थ विक्रि वितरण भए नभएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका पम्पमा अनुगमन गर्न निर्देशन भएको थियो,’ कार्यवाहक महानिर्देशक गोइतले भने, ‘हामीले उहाँको निर्देशन अनुरुप उपत्यकाका २० बढी पम्पमा अनुगमन गरेका छौँ, केहीले बेचेको, केहीले नबेचेको पायौँ, भोलि थानकोटको डिपो खुल्ला हुन्छ, त्यहाँ गएर ल्याएर बेच्न भनेर कागज गराएर आएका छौँ ।’
साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि गोइतले बताए । डिलर्स एसोसिएसनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिएको जानकारी दिए ।
‘पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरे टुंग्याउन निर्देशन दिनु भएको हो,’ अर्यालले भने, ‘हामीले हाम्रा माग सामान्य छन्, निगमलाई भनिदिनुस्, हामी वार्तामार्फत सहमति गर्न तयार छौँ भन्यौँ ।’
व्यवसायी र डिजेल ढुवानीकर्ताले डिजेलको भाउ बढेपछि भाडा पनि बढाइनु पर्ने, डिजेल पेट्रोल बोक्ने टयांकरको भाडा बढाइनु पर्नेलगायतका माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिइरहेका छन् ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया