‘पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्नुस्’

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
आपूर्ति सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक विरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् । उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदा नचाहँदै कठोर हुन पर्ने पनि बताए ।
व्यवसायीहरूले पेट्रलियम पदार्थ बेचे नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको जानकारी दिए । सोहीअनुरुप आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए ।
‘मन्त्री ज्यूबाट पेट्रोलियम पदार्थ विक्रि वितरण भए नभएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका पम्पमा अनुगमन गर्न निर्देशन भएको थियो,’ कार्यवाहक महानिर्देशक गोइतले भने, ‘हामीले उहाँको निर्देशन अनुरुप उपत्यकाका २० बढी पम्पमा अनुगमन गरेका छौँ, केहीले बेचेको, केहीले नबेचेको पायौँ, भोलि थानकोटको डिपो खुल्ला हुन्छ, त्यहाँ गएर ल्याएर बेच्न भनेर कागज गराएर आएका छौँ ।’
साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि गोइतले बताए । डिलर्स एसोसिएसनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुंग्याउन निर्देशन दिएको जानकारी दिए ।
‘पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरे टुंग्याउन निर्देशन दिनु भएको हो,’ अर्यालले भने, ‘हामीले हाम्रा माग सामान्य छन्, निगमलाई भनिदिनुस्, हामी वार्तामार्फत सहमति गर्न तयार छौँ भन्यौँ ।’
व्यवसायी र डिजेल ढुवानीकर्ताले डिजेलको भाउ बढेपछि भाडा पनि बढाइनु पर्ने, डिजेल पेट्रोल बोक्ने टयांकरको भाडा बढाइनु पर्नेलगायतका माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिइरहेका छन् ।
















सुनको मूल्यले आज पनि रेकर्ड कायम्, कतिमा हुँदैछ काराेबार ?
38 days left to go for HoR Polls: Joint Election Operation Centre begins
नेपाललाई स्कटल्यान्डले दियो १४१ रनको लक्ष्य
सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया