सोमबार, माघ १२, २०८२

भारतमा १२ दिनभित्रै १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

मेरोन्यूज २०७८ चैत १९ गते १८:२७

काठमाडौँ । भारतमा पछिल्लो १२ दिनमा मात्रै १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा मूल्य बढाउनु परेको अधिकारीले जनाएका छन् ।

पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ । पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिलाभन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीले जानकारी दिएका छन् ।

संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेलको मूल्य प्रति लिटर ९३.८७ भारतीय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया