नेपाली र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुँदै

काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम ‘ब्यालेन्स नेल’ आइतबारदेखि शुरु हुने भएको छ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो ।
अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्तबाट हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए । हालसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेको छ । उनका अनुसार रेञ्जर फौजका करिब चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।
प्रवक्ता सिल्वालले भने, ‘यसपटकको ब्यालेन्स नेल चैत २० देखि वैशाख १३ गतेसम्म रेञ्जर गणको सिंह महावीर योजना तथा समन्वय महाशाखा छाउनी र रेञ्जर तालिम केन्द्र नगरकोटामा सञ्चालन हुनेछ ।’ संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुने भएको हो ।
तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जंगल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यवहारिक अभ्यास र ज्ञान दिइने छ । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्ने छ ।
परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षा कोठामा सञ्चालन हुने छ । अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ ।
दुई साताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो ।
















चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
आज पनि घट्याे नेप्से, ४७ अंकले घट्दा काराेबार कति ?
पूर्वप्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन
प्रतिक्रिया