सोमबार, माघ १२, २०८२

नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह

मेरोन्यूज २०७८ चैत १९ गते २०:०३

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न सहज बनाउन आफू सधैँ तयार रहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउँदै नेपालमा लगानी गर्ने वातावरण बनाउने बताए ।

कन्फिडरेसन अफ इण्डियन इण्डिष्ट्रिज (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपालमा भारतीय व्यवसायीलाई लगानी गर्न आग्रह गरे ।

कार्यक्रममा सीआईआईका अध्यक्ष टीभी नरेन्द्रनले नेपाल भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताए । उनले नेपालमा उर्जा संयन्त्र र कृषिजन्य वस्तुमा लगानी गर्ने संकेत गरेका थिए ।

प्रतिक्रिया