६ वर्षीय बालकले ‘आमा! म मर्न चाहन्न’ भनिरहे, रुसी सेनाले गोली हानिरहे

काठमाडौँ । ‘संसारको सबैभन्दा भारी वस्तु, सबैभन्दा सानो कफिन हो ।’ यो भनाइ रुस–युक्रेनको युद्धले थप पुष्टि गरेको छ ।
रुस-युक्रेन युद्धमा धेरै कारुणीक दृष्य बाहिर आएको छ । यसैबीच एक बच्चाले आफ्नो आमासँग बाँच्न चाहेको अपिलले तरंगित बनाएको छ ।
‘आमा, म मर्न सानै छु’ भन्दै आफ्नो आमालाई बचाउन ६ वर्षीय बालकले अपिल गरिरहेका थिए । तर, आमाको काखमा रहेका ती बालकलाई रुसी सेनाले सात गोली हानेको समाचारमा जनाइएको छ ।
६ वर्षको छोराले मर्नुअघि ‘म मर्न चाहन्न’ भन्ने शब्द भनिरहँदा आमाको अवस्था कस्तो हुन्छ ? यस्तो दर्दनाक पीडा युक्रेनको राजधानी किभमा बस्ने अन्ना र उनको छोराले भोगे ।
रुसी आक्रमणमा किभलाई निशाना बनाइहँदा अन्ना आफ्नो १३ वर्षीय छोरी अलिना र ६ वर्षीय छोरा म्याक्सिमसँग शहर छोड्ने निर्णय गरे । त्यस समय अन्नाका दुवै छोराछोरी निकै डराएका थिए ।
जब तिनीहरू घर छोड्ने तयारी गर्दै थिए । ६ वर्षीय म्याक्सिमले आफ्नी आमालाई आफूलाई डर लागेको बताइरहेका थिए ।
पछि ती बालकलाई रुसी सेनाले गाली हानेका थिए । यस क्रममा उनले आमालाई भने, ‘आमा, म मर्न चाहन्न, म सानै छु ।’ तर, उनको कलिलो शरीरमाथि रुसी सेनाले गाेली हानिरहे । उनको शरीरमा रुसी सेनाले सात गोली हानेका थिए ।
सुरुमा अन्नाले आफ्नो बच्चाहरूलाई डर कम गराउन केही नहुने बताएको समाचार जनाइएको छ । तर, उनको ६ वर्षीय छोरा म्याक्सिमलाई रुसी सेनाले गोली हानेर हत्या गरिदिका थिए । एजेन्सी


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया