माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दा हेर्न नमिल्नेमा
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध सर्वाेच्चमा दर्ता गरेको मुद्दा हेर्न नमिल्नेमा परेको छ । नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ हुने गरी पेशी तोकिएपनि न्यायाधीस नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्नेमा रहेको बताएका छन् ।
न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेशी तोकिएको थियो ।
तर न्यायाधीश सुवेदीले आफूले १४ सांसदमध्ये एक सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने र आफुले हेर्न नमिल्ने भनी आइतबार उक्त इजालसमा सुनुवाइ नहुने जानकारी गराएका छन् ।
करिब सात महिनादेखि पटक-पटक यो रिटमाथीको सुनुवाई सदै सदैं आएको थियो । एमालेबाट निष्कासित १४ सांसदविरुद्धको मुद्दामा आज पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीको तर्फबाट स्थगनको निवेदन पनि पेस भएको थियो ।
एमालेले भने उक्त इजलास ‘कम्फटेबल’ नभएपछि माधव नेपाल पक्षले आजको सुनुवाइ स्थगित गर्न खोजिको आरोप लगाउँदै आएको थियो ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया