भारतबाट फर्किए प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ चैत २० गते २०:०२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट केहीबेरअघि काठमाडौं आइपुगेका हुन् ।
गत असारमा प्रधानमन्त्री बनेपछि देउवा शुक्रबार पहिलो पटक छिमेकी भारतको भ्रमणमा गएका थिए। शनिबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षीय वार्ता भएको थियो। वार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपाल-भारतबीच रहेको सीमा विवादको स्थापित संयन्त्रबाट हल गर्न आग्रह गरेका थिए ।
आज प्रधानमन्त्री देउवा उत्तर प्रदेशको धार्मिक सहर बनारस पुगेका थिए। बनारसमा प्रधानमन्त्री देउवाले विभिन्न मन्दिरमा पूजाआजा गर्नुका साथै नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको शिलान्यास गरेका थिए ।
सम्बन्धित

















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया