ठूला दललाई भोट दिनु भनेकाे साँढेको अगाडि दुधको बाल्टी थाप्नु जस्तै : लिङदेन

भैरहवा । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले बैदेशिक हस्तक्षेप भित्राउनमा ३ दल लागेको बताउदै हिंसामा विश्वास नगर्ने राप्रपाले यिनीहरुको बाकस खाली गरेर जनता बाटो भएको देखाउनु पर्ने ठिक समय आएको बताए ।
पर्खने र हेर्ने समय नभएको भन्दै उनले जनता सार्वभौम रहेकाले विवकेले काम गर्न सक्छ भनेर प्रमाणित गर्नु पर्ने बताए । उनले एमाले, माओवादी, कांग्रेसलाई भोट दिएर देश बन्छ भन्ने आशा गर्नु भनेको साढेको अगाडि दुधको बाल्टी लिनु जस्तै भएको उनले बताए ।
ठूला भनिएका पार्टीको काम तीन दशकमा देखिसकेको बताउँदै उनले २–४ वटा घर र भ्युटावर देखाएर विकास गरेको प्रमाणित गर्न खोजेको बताए ।
समान्य आखाले देखे जस्तो देशको अवस्था नरहेको उनले बताए । ‘गोली चलेको छैन, बन्द हडताल भएको छैन तर देशमा ३ वटै अंगले काम नगरेको अवस्था छ । सिटामोल पनि उपलब्ध गराउन नसक्ने अवस्थामा रहेका नेपालमा अदालतको आदेशमा सिटामोल दिनु पर्ने अवस्था छ’ उनले भने ।
















गफ दिनेलाई सम्मान गरेर देश बन्दैन : हर्क साम्पाङ
मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी
HoR election: 12 former ministers in fray in Sudurpaschim Province
कांग्रेस सभापति गगन थापा सर्लाहीमा
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
प्रतिक्रिया