प्रधानमन्त्री र विप्लवको पार्टीवीच बालुवाटारमा बार्ता
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी वीच वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास प्रधानमन्त्री र विप्लवको पार्टीका वीचमा बार्ता भएको हो । सरकारका तर्फबाट वार्तामा प्रधानमन्त्री शेरवहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण सहभागी छन् । विप्लवको पार्टीबाट प्रवक्ता खड्कवहादुर विश्वकर्मा प्रकाण्ड मात्रै सहभागी छन् ।
विप्लव स्वंयम वार्तामा सहभागी हुने बताइएपनि उनी भने सहभागी नभई प्रकाण्डमात्र बार्तामा सहभागी रहेको बालुवाटार स्रोतले बताएको छ ।
स्थानीय निर्वाचनमा पार्टीले दर्ता गरेर चुनाव नलडने तर स्वतन्त्र रुपमा आफना पार्टीका नेतालाई चुनावमा उठाउने र अन्य दलहरुसँग गठबन्धन गरेर चुनावमा जाने तयारीमा विप्लवको पार्टी छ । उसले सूदुरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल बारे छलफल गरिसकेको छ ।
प्रधानमन्त्रीसँग विप्लवको पाटीृले आफना वन्दी नेता कार्यकर्ता रिहाई नभएको, मुद्दा फिर्ता नभएको र झन थप नेताहरुलाइृ मुद्दा लगाउने र पक्राउ गर्ने काम भएको भन्दै यस विषयमा ध्यानाकषर्ण गराउने उदेश्यले विप्लवको पार्टीले प्रधानमन्त्री र गृहमन्त्रीसँग बालुवाटारमा भेटवार्ता गरेको हो ।
गत वर्ष फागुन २१ मा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको विप्लवको पार्टी अहिले पनि आफना नेता कार्यकर्ता रिहाईको माग लिएर सरकारसँग पटक पटक बार्तामा वसिरहेको छ ।
केही दिन अगाडी मात्रै भोजपुर षडानन्द नगरपालिका वडा नम्बर एक नेपालेडाँडा घर भएका विप्लवको पार्टीका केन्द्रीय सदस्य तीर्थ राईको घरमा एकैपटक २–२ वटा पक्राउ पुर्जी प्रहरीले टाँसेको थियो ।
धादिङ र सिन्धुपाल्चोक जिल्ला अदालतले पठाएका पक्राउ पुर्जी राईको घरमा एकै साथ टाँसिएका थिए ।
२०७६ साल जेठ १० गते सिन्धुली जिल्लाको डाडीगुराँसेबाट गिरफ्तार गरी अभद्र व्यवहार मुद्दा लगाइएका नेकपा नेता राईलाई ६ महिनासम्म सिन्धुली कारागारमा राखिएको थियो । सोही वर्षको मङ्सिर ४ गते रिहा भएका राईलाई कारागार परिसरबाटै गिरफ्तार गरी पुनः अभद्र व्यवहार मुद्दा लगाएर रामेछाप लगी २५ दिनसम्म हिरासतमा राखिएको थियो ।
रामेछापबाट साधारण तारेखमा रिहा भएका राईलाई पुनः गिरफ्तार गरी दोलखा पुर्याएर अभद्र व्यवहारको मुद्दा लगाएर २५ दिन हिरासतमा राखिएको थियो । त्यहाँबाट पुनः अभद्र व्यवहारकै मुद्दा लगाएर सिन्धुपाल्चोक पुर्याइएका नेता राईलाई सर्वोच्चमा परेको रिटबाट मुक्त हुनासाथ पुनः गिरफ्तार गरी काभ्रे पुर्याएर अभद्र व्यवहारको मुद्दा लगाई हिरासतमा बन्दी बनाइएको थियो ।
सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको दोस्रो रिट परी हिरासतमुक्त भएका नेता राईलाई प्रहरीले पुनः गिरफ्तार गरी नुवाकोटको एनसेल टावर आक्रमण गरेको आरोप लगाएर पुनः ८ दिन नुवाकोट प्रहरी हिरासतमा राखेको थियो । नुवाकोट जिल्ला अदालतले साधारण तारेखमा रिहा गरे पनि उनलाई मुक्त हुनासाथ प्रहरीले २०७६ साल माघमा रसुवा पुर्यायो । रसुवा जिल्ला अदालतबाट साधारण तारेखमा छुटेका नेता राईलाई पुनः गिरफ्तार गरी प्रहरीले २०७६ चैतमा अभद्र व्यवहारको मुद्दा लगाएर धादिङ पुर्याई चैतसम्म ५५ दिन हिरासत र ६ दिन कारागारमा राखेको थियो ।
अहिले फेरि उनी माथी दुइृ दुई वटा पक्राउ पुर्जी जारी गरिएको र सङ्खुवासभा विशेष जिल्ला समिति सदस्य पुष्प कोइरालालाई इलामबाट गिरफ्तार गरेको घटनाको बारेमा पनि प्रधानमन्त्री र गृहमन्त्रीलाई विप्लवको पार्टीले ध्यानाकषर्ण गराएको छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया