मंगलबार, माघ १३, २०८२

गृहमन्त्री खाँणसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

मेरोन्यूज २०७८ चैत २९ गते १८:२०

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेका छन् ।

गृह मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । भेटमा काठमाडौँबाट अष्ट्रियाको राजधानी भियनामा सीधा उडान गर्नेबारे कुराकानी भएको थियो ।

गृहमन्त्री खाँणले काठमाडौँ–भियना उडान भएमा दुवै मुलुकलाई फाइदा हुने बताए । राजदूत वाइजरले उडानबारे सरकारसँग पहल गर्ने बताएकी थिइन् ।

नेपाल र अष्ट्रियाबीच सन् १९५९ अगस्ट १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । अष्ट्रियाले विशेष गरी सम्पदा क्षेत्रको संरक्षणमा नेपालमा सहयोग गर्दै आएको छ ।

अष्ट्रियाले पाटन संग्रहालयको पुनःस्थापना, केशर महल गार्डेन अर्फ ड्रिम्सको संरक्षण, नाम्चे जलविद्युत् र रोल्वालिङ पर्यावरणीय पर्यटनको प्रवर्द्धनलगायतमा सहयोग गरेको छ ।

प्रतिक्रिया