भरतपुर महानगरका एमालेलाई कांग्रेस नेताले दिए अग्रिम बधाई

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाका नेपाली कांग्रेस नेता सुबोध प्रधानले एमालेलाई बधाई तथा शुभकामना दिएका छन् । उनले महानगरको मेयरमा उठ्ने एमालेका उम्मेदवारलाई अग्रिम बधाई दिएका हुन् ।
‘मेयरको टिकट पाउने हुने एमालेका दाजु भाइलाई अग्रिम शुभकामना तथा बधाई…’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सत्ता गठबन्धन दलहरूले भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने संकेत गरेसँगै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले विरोध जनाउँदै आएका छन् ।
आजै उक्त महानगरको २५ वटा कांग्रेस वडा सभापतिहरूले आफ्नै पार्टीबाट मेयरको उम्मेदवार उठ्नु पर्ने भन्दै शीर्ष नेताहरूलाई दबाब दिएका थिए ।
०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले सहकार्य गरी उक्त महानगर माअोवादीलाई दिएको थियो । यस क्रममा माओवादीकी रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार हुनु पर्ने चर्को माग राख्दै आएको छ ।

















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया