मंगलबार, माघ १३, २०८२

भरतपुर महानगरका एमालेलाई कांग्रेस नेताले दिए अग्रिम बधाई

मेरोन्यूज २०७८ चैत २९ गते १८:४०

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाका नेपाली कांग्रेस नेता सुबोध प्रधानले एमालेलाई बधाई तथा शुभकामना दिएका छन् । उनले महानगरको मेयरमा उठ्ने एमालेका उम्मेदवारलाई अग्रिम बधाई दिएका हुन् ।

‘मेयरको टिकट पाउने हुने एमालेका दाजु भाइलाई अग्रिम शुभकामना तथा बधाई…’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सत्ता गठबन्धन दलहरूले भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने संकेत गरेसँगै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले विरोध जनाउँदै आएका छन् ।

आजै उक्त महानगरको २५ वटा कांग्रेस वडा सभापतिहरूले आफ्नै पार्टीबाट मेयरको उम्मेदवार उठ्नु पर्ने भन्दै शीर्ष नेताहरूलाई दबाब दिएका थिए ।

०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले सहकार्य गरी उक्त महानगर माअ‍ोवादीलाई दिएको थियो । यस क्रममा माओवादीकी रेणु दाहाल विजयी भएकी थिइन् । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार हुनु पर्ने चर्को माग राख्दै आएको छ ।

प्रतिक्रिया