मंगलबार, चैत २४, २०८२

सलमान खान नेपाल आउनुअघि आइपुगे उनका भाइ

मेरोन्यूज २०७९ वैशाख १ गते १६:२८

काठमाडौँ । बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । बलिउड अभिनेता सलमान खानको आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

सलमान र सोहेल दाजुभाइ हुन् । ‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ, १०–१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौँ आएका थिएँ,’ काठमाडौँमा आएका सोहेलले भने, ‘त्यतिबेला एभरेष्ट (सगरमाथा) देख्न पाइनँ, अहिले ४० वर्षपछि फर्केको छु, यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’

‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने उनले बताए । उनले शो हेर्न आउन सबैलाई अनुरोध गरेका थिए । ‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेजलगायत बलिउड कलाकार सहभागी हुने छन् ।

पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’को टिकट मूल्य पाँचदेखि २५ हजार रुपैयाँसम्म रहने जानकारी दिइएको थियो ।

जेठ १४ गते बिहान ११ बजेदेखि दरशथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो । सुरुमा नेपाली कलाकारको प्रस्तुती राखिएको छ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट शुरु हुनेछ ।

साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुती रहने जनाइएको छ ।

प्रतिक्रिया