मंगलबार, माघ १३, २०८२

बार्सिलोना युरोपा लिगबाट बाहिरियो

मेरोन्यूज २०७९ वैशाख २ गते ७:३२

काठमाडौँ । आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा बिहीबार राति ३–२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

नोउ क्याम्पमा लगातार तीन गोल बेहोरेको बार्सिलोना अन्तिम समयमा दुई गोल फर्काए पनि खेलमा फर्किन सकेन । जर्मन प्रतिद्वन्द्वी फान्कफुर्टसँग क्याटलान क्लब समग्रमा ४–३ अन्तरले पराजित भयो । पहिलो लेगमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलको अन्तिम समय १० खेलाडीमा सिमित भएको फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्स र मेम्फिस डिपाएले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

प्रतिक्रिया