विराटनगरमा नयाँ शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा कजारियाको उपस्थिति विस्तार

विराटनगर । प्रिमियम टायल उत्पादनमा अग्रणी ब्रान्ड कजारियाले पूर्वी नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै विराटनगरको मुनाल पथमा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ। न्यु ज्योति ट्रेडर्सद्वारा सञ्चालित शोरूमले विराटनगर तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई लक्षित गरेको छ।
शुक्रबार बिहान सम्पन्न उद्घाटन समारोहमा कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सोनी घलेको विशेष उपस्थिति रहेको थियो। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरेका हुन्।
कार्यक्रममा मन्त्री पराजुलीले कजारियाको लगानीले स्थानीय रोजगारी र आर्थिक वृद्धिमा योगदान पुर्याउने उल्लेख गरे। निर्देशक अग्रवालले विराटनगरमा नयाँ शोरूम उद्घाटन पूर्वी नेपालका ग्राहकसम्म विश्वस्तरीय टायल अझ नजिक पुर्याउने महत्वपूर्ण कदम भएको बताए।
रणनीतिक स्थानमा अवस्थित शोरूममा आवासीय तथा व्यावसायिक प्रयोजनका लागि उपयुक्त कजारियाका प्रिमियम टायलहरूको विस्तृत सङ्ग्रह उपलब्ध छ। हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूममार्फत आफ्नो सेवा विस्तार गरिसकेको छ।
विराटनगर शोरूमको उद्घाटनसँगै नेपालको निर्माण तथा आन्तरिक सजावट क्षेत्रमा कजारियाको अग्रणी भूमिका अझ सुदृढ हुने विश्वास गरिएको छ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया