मंगलबार, माघ १३, २०८२

कांग्रेस पोखरा : मेयरमा जेठाजु, उपमेयरमा बुहारीको दाबी

मेरोन्यूज २०७९ वैशाख ४ गते १७:४८

पोखरा । नेपाली कांग्रेसले पोखराको मेयर र उपमेयरको नाम संकलन गरिसकेको छ । दुई दिनसम्म संकलन गरिएको नामबारे मतदानबाट संख्या घटाउने वा सबै नाम सिफारिस गर्ने भन्ने छलफल शुरु भएको छ ।

पोखराको मेयरमा १८ जना र उपमेयरमा १० जनाले आकांक्षा देखाएका छन् । उनीहरूले मेयरमा २५ र उपमेयरमा २० हजार तिरेर नाम टिपाएका हुन् ।

पोखराको मेयर र उपमेयरमा एउटै परिवारबाट पनि दाबी परेको छ । जसमा मेयरका लागि जेठाजु (मन्त्री विन्दुकुमार थापा) र उपमेयरका लागि बुहारी (मिलन थापा)ले नाम टिपाएका हुन् ।

उनीहरु दुवै जना महाधिवेशन प्रतिनिधिसमेत भएका थिए । त्यसबेला उनीहरूले अत्यधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया