महोत्तरीबाट पेस्तोल र गोलीसहित लालबाबु भण्डारी पक्राउ
मेरोन्यूज
२०७९ वैशाख ८ गते १५:५०

बर्दिवास । जिल्ला प्रहरी कार्यालय महोत्तरीले २८ वर्षीय लालबाबु भण्डारीलाई पेस्तोल, म्याग्जिन र गोलीसहित पक्राउ गरेको छ ।
बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोलबाट भण्डारीलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन् ।
विवाहको गाडीमा तोडफोड गर्दै स्थानीयहरूलाई आतंकित बनाएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी औरही र हातिलेटबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।
भण्डारीसँग प्रहरीको टोलीले अटोमेटिक चाईनिच पेस्तो १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भएको मिस फायर गोली राउण्ड १ थानसहित पक्राउ गरेको एसपी पंगेनीले जानकारी दिए ।
पक्राउ परेका भण्डारीलाई ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया