मंगलबार, माघ ६, २०८२

गोरखापत्रका पूर्व महाप्रबन्धक पक्राउ

मेरोन्यूज २०७९ वैशाख ८ गते १९:२५

काठमाडौँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्त प्रकाश उपाध्याय पक्राउ परेका छन् । उनलाई काठमाडौँ प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरिबाट पक्राउ गरेको हो ।

Advertisement
thakur moters insidethakur moters inside

परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीका अनुसार उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको हो ।

अंगद खड्काको जाहेरीपछि उपाध्यायको खोजी गरेको प्रहरीले बिहीबार पक्राउ गरेको एसएसपी गिरीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया