पुलिस फाइनलमा उपाधिका लागि एपीएफसँग खेल्ने

काठमाडौँ । आयोजक वनदेबी युवा क्लबलाई ३–० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार जितसँगै पुलिसले उपाधिका लागी अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । पुलिसलाई फाइनलमा पुर्याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औँ मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् ।
५६ औँ मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाइन् । त्यसपछि कुनै पनि टिमले गोल गर्न सकेन् । र, पुलिस सानदार जितसहित फाइनल पुग्न सफल भयो ।
।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद पाँच हजारसहित ट्रफी पाइन् ।









सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
अझै फर्किएनन् १२४ कैदीबन्दी
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया