पुलिस फाइनलमा उपाधिका लागि एपीएफसँग खेल्ने

काठमाडौँ । आयोजक वनदेबी युवा क्लबलाई ३–० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार जितसँगै पुलिसले उपाधिका लागी अर्को विभागीय टोली एपीएफ फुटबल क्लबसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । पुलिसलाई फाइनलमा पुर्याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन् ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो । खेलको ४९ औँ मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाइन् ।
५६ औँ मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाइन् । त्यसपछि कुनै पनि टिमले गोल गर्न सकेन् । र, पुलिस सानदार जितसहित फाइनल पुग्न सफल भयो ।
।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन् । उनले नगद पाँच हजारसहित ट्रफी पाइन् ।
















इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
दक्षिण कोरियाको कारखानामा आगलागीः १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रतिक्रिया