आइमार्क र गिफ्टबीच सहकार्य, बिलिङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर मुगु सप सार्वजनिक

काठमाडौं । नेपालकै अग्रणी फिनटेक कम्पनी आइमार्क प्रा.लि. र ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको गिफ्टबीच गिफ्ट लोयल्टी कार्यक्रममा सहकार्य हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच आइमार्क तथा गिफ्टको संयुक्त सहकार्यमा लोयल्टीसँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको हो ।
यो गिफ्ट लोयल्टी कार्यक्रम मुख्यत बैंक, एयरलाईन्स, टेलिकम, इन्स्योरेन्स, सुपर मार्केट तथा अन्य रिटेल पसलमा संचालन गर्न सकिन्छ । एक पटक गिफ्ट डट कममा आबद्द भएपछि गिफ्टको संजाल भएका कुनै पनि मुलुकमा लोयल्टी प्वाइन्ट साट्न वा उपभोग गर्न सकिनेछ । गिफ्टको ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको छ ।
काठमाडौं । नेपालकै अग्रणी फिनटेक कम्पनी आइमार्क प्रालि र ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको गिफ्टबीच गिफ्ट लोयल्टी कार्यक्रममा सहकार्य हुने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच आइमार्क तथा गिफ्टको संयुक्त सहकार्यमा लोयल्टीसँग सम्बन्धित कार्यक्रम सम्पन्न भएको हो ।
यो गिफ्ट लोयल्टी कार्यक्रम मुख्यत बैंक, एयरलाईन्स, टेलिकम, इन्स्योरेन्स, सुपर मार्केट तथा अन्य रिटेल पसलमा संचालन गर्न सकिन्छ । एक पटक गिफ्ट डट कममा आबद्द भएपछि गिफ्टको संजाल भएका कुनै पनि मुलुकमा लोयल्टी प्वाइन्ट साट्न वा उपभोग गर्न सकिनेछ । गिफ्टको ५५ भन्दा बढी देशहरुमा सञ्जाल रहेको छ।
नेपालमा हालसम्म इन्टर ओपेरेबल लोयल्टी कार्यक्रम नरहेको र यस किसिमको कार्यक्रम पहिलो पटक भएको आइमार्क प्रालिका निर्देशक आशिस शर्माले जानकारी दिए । सो कार्यक्रममा गिफ्टका सेल्स डाइरेक्टर दिपा स्वामी तथा सेल्स प्रेसिडेन्ट दिलिप डीएसले लोयल्टीको महत्व र यसले ग्राहकलाई जोगाई राख्ने विषयमा प्रस्तुती दिएका थिए ।
सो अवसरमा आइमार्क प्रालिको बिलिंङ तथा मौज्दात व्यस्थापन सफ्टवेयर तथा मोबाइल एप ‘मुगु सप’ सार्वजनिक गरिएको थियो । साना किराना पसलदेखि दैनिक कारोबार गर्ने ठूला तथा मध्यम कम्पनीहरुले यो एपमा बिलिङ सेल इन्भोइस, भुक्तानी, छुट, खरिद, बिक्री सूची लगायतका विवरण राख्न सक्ने छन ।
यसका साथै बिलिङ, खाता व्यवस्थापन, सामानहरूको सूची व्यवस्थापन, कर्मचारीको हाजिरी, रिपोर्टिङ, अनलाइन स्टोर सञ्चालन, ग्राहकसँगको सम्बन्ध व्यवस्थापन (सीआरएम) तथा लोयल्टी व्यवस्थापन जस्ता सेवा समेत प्रयोगकर्ताले लिन सकिने आइमार्क प्रालिका डाइरेक्टर आशिस शर्माले जानकारी दिए ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
प्रतिक्रिया