पोखराको मेयरमा ११ जनाले दिए उम्मेद्वारी, ठूला पार्टीबाट बाँकी

काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरका लागि आइतबार ११ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले नाम दर्ता गरेका हुन् ।
राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । पार्टीबाट पाँच जनाले उम्मेदवारी दर्ता गर्दा स्वतन्त्रबाट ६ जनाले उम्मेद्वारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट गोविन्द गुरुङ, नेपाल जनता दलबाट मुक्तिराम सुवेदी, मौलिक जरोकीलो पार्टीका संजय तिमिल्सिना, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ र सचेत नेपाली पार्टीबाट भोजराज खनालले मनोनयन दर्ता गराएका हुन् ।
स्वतन्त्रबाट खड्कराज पौडेल (गनेश), किशानसिंह गुरुङ, नवराज बाँस्तोला, विमलबहादुर कार्की, रामराज अधिकारी र डिलबहादुर गुरुङले उम्मेद्वारी दर्ता गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, उपमेयरमा ४ जनाले नाम दर्ता गरेका छन् । जसमा सचेत नेपाली पार्टीबाट सोनी परियार, मंगोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर तामाङ, राप्रपा नेपालबाट चिना दवाडी र स्वतन्त्रबाट सोममाया विकको नाम दर्ता भएको कार्यालयले जनाएको छ ।
मुख्य पार्टीहरूको तर्फबाट सोमबार मात्रै उम्मेद्वारी दर्ता हुने भएको छ । गठबन्धन र एमालेले अझै उम्मेद्वार टुंगो लगाउन सकेको छैन ।
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया