इलाममा कांग्रेसले टुंगाे लगायो उम्मेदवार

इलाम । नेपाली कांग्रेसले इलाममा उम्मेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धनको सहमतिअनुसार आफ्नो भागमा परेका पालिकामा कांग्रेसले उम्मेदवार टुंग्याएको हो ।
इलाम नगरपालिका मेयरमा केदार थापा, उपमेयरमा विष्णु दाहाल निर्वाचन लड्नेछन् । देउमाई नगरपालिका मेयरमा होम दुलाल, सूर्योदय उपप्रमुखमा दुर्गा बराल, माई नगरपालिका उपप्रमुखमा हेमबहादुर लिम्बुले टिकट पाएका छन् ।
रोङ गाउँपालिकाको अध्यक्षमा मणिकुमार स्याङबो, उपाध्यक्षमा चन्द्रकला राई, फाकफोकथुम गाउँपालिका अध्यक्षमा डिकबहादुर थापाको नाम टुंगो लागेको छ ।
चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ, माङसेबुङ गाउँपालिकाको अध्यक्षमा डिकेन्द्र इधिङ्गो, सन्दकपुर गाउँपालिकाको अध्यक्षमा तुलाराम गुरुङ, माइजोगमाई गाउँपालिकाको उपाध्यक्षमा प्रविना राईलाई कांग्रेसले उम्मेदवार बनाउने भएको हो ।
इलाममा कांग्रेस, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र जनता समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । त्यसअनुसार नेकपा एसले सूर्योदय र माइजोगमाई गाउँपालिका प्रमुख नेकपा एसले पाएका छन् ।
सूर्योदयको प्रमुखमा रणबहादुर राई र माइजोगमाईको अध्यक्षमा जीतबहादुर राईलाई चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एसले सन्दकपुर गाउँपालिकामा उपप्रमुख पाएको छ ।
माओवादी केन्द्रले माई नगरपालिकाको प्रमुख, देउमाई नगरपालिकाको उपप्रमुख, फाकफोकथुम गाउँपालिकाको उपाध्यक्ष चुलाचुली गाउँपालिकाको उपाध्यक्ष पाएको छ । जनता समाजवादी पार्टीले माङसेबुङ गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।















खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया