हेटौँडाका तीन वडामा कांग्रेसबाट दुई–दुई जनालाई टिकट
काठमाडौँ । हेटौँडा उपमहानगरको तीन वटा वडामा नेपाली कांग्रेसका दुई–दुई जनाले अध्यक्ष पदको टिकट पाएका छन् । हेटौँडाको २, १० र १९ नम्बर वडामा कांग्रेसका दुई–दुई जनाले टिकट पाएका हुन् ।
२ मा विष्णुगोपाल महर्जन र रविन्द्र घिमिरे १० मा रमेशध्वज कार्की र युवराज लामा तथा १९ मा रामकुमार थापा र शालिकराम अधिकारीले कांग्रेसको तर्फबाट वडा अध्यक्षको टिकट पाएका हुन् ।
सबै टिकटमा नेपाली कांग्रेसका बागमती प्रदेश महामन्त्री कञ्चनचन्द्र वादेको हस्ताक्षर रहेको छ । २ नम्बर वडाका महर्जनले कांग्रेसको तर्फबाट मनोनयन दर्ता गराइसकेकोले घिमिरेले भने स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । यस्तै, १० नम्बर वडामा कार्कीले मनोनयन दर्ता गराइसकेकोले लामाले उम्मेदवारी दर्ता नगराई हिँडेका थिए ।
१९ नम्बर वडामा रामकुमार थापाले मनोनयन दर्ता गराएको थाहा पाएपश्चात अर्का दाबेदार शालिकराम अधिकारी उम्मेदवारी नै नदिएर फर्केका थिए । एउटै वडामा एउटै पार्टीबाट दुई जनालाई टिकट दिएको भन्दै कांग्रेसका नेताहरू जिल्ला नेतृत्वसँग असन्तुष्ट बनेका छन् ।
जिल्ला समितिले मन लाग्दी गरेको भन्दै उनीहरूले विरोधसमेत जनाएका छन् ।
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया