रसुवामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी

रसुवा । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी परेको छ । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी परेको हो ।
जिल्लाको पाँच वटा गाउँपालिकाको लागि चाहने पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरि ४९४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।
जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा २७ जनाको लागि ८६ जनाको उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा सातजना र उपाध्यक्षमा चारजनाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरि जिल्लाको उत्तरगया गाउँपालिकामा २७ जनाका लागि १०९ जनाको उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा १० जना र उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । कालिका गाउँपालिकामा २७ जनाका लागि ११० जनाको उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ ।
गोसाईंकुण्ड गाउँपालिकामा ३२ जनाको लागि ७४ जना उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा सात र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।त्यसैगरि नौकुण्ड गाउँपालिकामा ३२ जनाका लागि ११५ जनाको उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा ५ जना र उपाध्यक्षमा ५ जनाको उम्मेवारी परेको छ ।
जिल्लाको पाँचैवटा स्थानीय तहमा शान्तिपूर्ण तरिकाले जिल्लाका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नेकपा समाजवादी, मंगोल अर्गनाइजेसन, राप्रपा लगायत स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया