ओलीलाई शर्माको जवाफ : मंगल ग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेती गर्ने गफ आएन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घोषणा पत्रबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
उनले नेपाली कांग्रेसले जमिनमा टेकेर गर्न सकिन कामहरू मात्र घोषणा पत्रमा उल्लेख गरेको भन्दै एमालेले जस्तो हावादारी घोषणा पत्र तयार गर्न नसकिएको टिप्पणी गरेका छन् । उनले एमाले घोषणा पत्रलाई उडन्ते गफ जस्तो हावामा उडिरहने भएको बताएका छन् ।
‘जिम्मेवार सपना त्यो होइन जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढंगले धरातलमा उभिन्छ,’ शर्माले लेखेका छन्, ‘जमिनमा टेकेर गर्न सकिने कामहरू मात्रै उल्लेख कांग्रेसको घोषणापत्र श्रद्देय केपी शर्मा ओलीलाई मन परेन ठिकै छ, तर कम्तिमा विषयको बहसमा आउन चाहेकोमा धन्यवाद छ उहाँलाई ’
शर्माले एमाले अध्यक्ष ओलीले मंगल ग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन खोजेको भन्दै त्यसलाई उनले उडन्ते सपनाहरूको गफको पुलिन्दाको संज्ञा दिए ।
‘मंगल ग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नु भएको छ,’ ओलीलाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘माफ गर्नोस् श्रद्देय कमरेड, उडन्ते सपनाहरुको गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन !’
उनले आग्रह गर्दै भनेका छन्, ‘तर मर्यादाभन्दा तल गालीमा नझरौं सानोदेखि लागेको बानी भनेर निर्वाचन आचारसंहिताले उच्च तहलाई पनि घृणास्पद अभिव्यक्तिको छुट दिँदैन, चेतना भया !’
मंगलबार एमाले अध्यक्ष ओलीले कांग्रेस घोषणा पत्रलाई ‘पागलहरूको प्रलाप’ भनेर टिप्पणी गरेका थिए ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया