आईपीएलमा दिल्लीले कोलकातालाई हरायो
मेरोन्यूज
२०७९ वैशाख १६ गते ७:१०

काठमाडौं । कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दिल्ली क्यापिटल्सले चौथो जित निकालेको छ ।
बिहीबार राति कोलकाताले दिएको १४७ रनको लक्ष्य दिल्लीले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ४२ रन जोडे । रोभम्यान पावेलले ३३ रनको योगदान गरे । कोलकाताका उमेश यादवले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । कोलकाताका नितिश रानाले सर्वाधिक ५७ रन बनाए । कप्तान श्रेयस एयरले ४२ रनको योगदान गरे ।
दिल्लीका कुलदीप यादवले ४ र मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।
जितसँगै दिल्ली ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा छ । कोलकाता ९ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ ।
सम्बन्धित









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया