मनाङमा ९ हजार मतपत्र हेलिकप्टरबाट लगियो

मनाङ । हिमाली जिल्ला मनाङमा नेपाली सेनाको हेलिकप्टरमार्फत मतपत्र र परिचयपत्र ढुवानी गरिएको छ । सेनाको हेलिकप्टरमार्फत ९ हजार मतपत्र, मतदाता परिचयपत्रलगयात सामग्री बिहीबार नेपाली सेनाको हेलिकोप्टरले सदरमुकाम चामेमा रहेको सेनाको इन्द्रदल गुल्ममा मतपत्रसहितको निर्वाचन सामग्री ल्याइएको हो ।
प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले सुरक्षा व्यवस्थालाई मध्येनजर गर्दै आयोगले हेलिकप्टरमार्फत मतपत्र, मतदाता परिचयपत्रलगायत सबैखाले निर्वाचन सामग्री पठाएको बताए ।
मतपत्रलाई सुरक्षितसाथ राखिएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । उनका अनुसार निर्वाचनका लागि चाहिने सामग्रीलाई जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ भने मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मामा राखिएको खनालले बताए । मनाङमा कुल ६ हजार ४ सय ९६ मतदाता छन् । जसमा ३ हजार ३ सय ४८ महिला र ३ हजार १ सय ४८ पुरुष छन् ।
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रतिक्रिया