नेकपा एसबाट मेयर र उपमेयरसहित १० जनाले लिए उम्मेदवारी फिर्ता
मेरोन्यूज
२०७९ वैशाख १६ गते १८:५७

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
नेकपा एसकै तर्फबाट वाड नम्बर ६ का वडाध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए ।
त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका वडा नम्बर १२ र १३ का वडाध्यक्ष, वाड नम्बर ५ का महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको अधिकृत आचार्यले जानकारी दिए ।
त्यसैगरी मिर्चैया नगरपालिकाबाट एक उपप्रमुख, दुई जना वडाध्यक्ष, एक जना सदस्यसहित ४ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
सम्बन्धित
















इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया