विकेशले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता नजनाउने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विकेश कुथुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू पीडित खेलाडीहरुको पक्षमा रहेको बताउँदै राष्ट्रिय टोलीको प्रशिक्षणमा सहभागी नहुने जनाएका छन् ।
यसअघि ११ खेलाडीले स्पष्टीकरण दिन गरिएको पत्रकार सम्मेलनमा सहभागिता जनाएका कुथुले आफू फिट हुँदा हुँदै मिडियामा बोलेको आधारमा टिमबाट निकालेको बताउदै खेलाडीको पक्षमा उभिने जनाए ।
‘हाल राष्ट्रिय टोलिमा भएको घटनाक्रम मलाई पूर्ण रुपमा अवगत भएको र खेलाडी साथीहरुमा पर्न गएको मर्का मैले बुझेको छु । साथै विगतमा म पूर्ण रुपमा फिट हुँदाहुँदै पनि मलाई मिडियामा बोलेको भनेर आरोप लगाउँदै राष्ट्रिय टिमबाट अलग गरिएको घटना यथावत नै छ । तसर्थ म मेरो राष्ट्र र राष्ट्रिय टिमको सम्मान गर्दै यसपटक राष्ट्रका लागि सदा डटिरहने खेलाडी साथिहरुको जायज माग प्रति समर्थन जनाउँदै राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागी हुन असमर्थ रहेको जानकारी गराउँदछु । म र हामीभन्दा माथि हाम्रो राष्ट्र,’ विकेशले सामाजिक सञ्जालमा लेखेका छन् ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया