बाढीले बगाएर बालिकाको मृत्यु
काठमाडौँ । शुक्रबार साँझको करिब ५ बजेको थियो । भेटघाटमा आएकी ८ वर्षीया बहिनीलाई माइती गाउँसम्म पठाउन भूमिकास्थान नगरपालिका १ आमडाँडा निवासी दिदी दुर्गा घर्ती बहिनी शिवानीलाई लिएर घरबाट निस्किइन ।
घरबाट निस्किएपछि सिमसिम पानीमा दिदी र बहिनीसँगै हिँडेका थिए । घर नजिकैको बेसारेखोला खोल्सी तर्ने क्रममा एक्कासी माथिबाट बाढी आयो । लेदो माटोसहितको बाढीले दिदी बहिनीलाई एक्कासी बगायो ।
हात समातेर हिँडिरहेका दिदी बहिनीलाई खोलाले बगाएपछि दिदी केही तल बाँसको हाँगो समाएर फुत्किन सकिन । तर, ८ वर्षीया बहिनी शिवानीलाई दुर्गाले बचाउन सकिनन् ।
रात परिसकेका कारण दुर्गा घर फर्किइनन् । तत्कालै प्रहरी चौकी ढाकावाङ्गमा खबर गरियो । प्रहरीको टोलीले राति करिब १२ बजेसम्म खोज्दा पनि फेला नपरेपछि प्रहरी पनि रित्तो हात फर्कियो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीसहित स्थानीयवासीहरु शनिबार बिहान हिलोमा गडेको अवस्थामा बालिकाको शव फेला पार्यो ।
बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल प्यूठानमा पठाएको छ ।















कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
2 pilots killed in military trainer aircraft crash in N. Thailand
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया