२५० किलो बहुमूल्य जडीबुटीसहित महिला पक्राउ
मेरोन्यूज
२०७९ वैशाख १७ गते १९:२३
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका ३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० केजी सुनाखरीसहित पक्राउ गरेको हो ।
शंकास्पद रूपमा फेला परेकी केसीको साथबाट फरक–फरक तौलका १० वटा बोरामा रहेको खैरो रङको सुनाखरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।
बागलुङबाट काठमाडौँ लैजाँदै गरेको उक्त सुनाखरी नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय बागलुङमा पठाउने तयारी गरेको सूचना अधिकारी रानाले बताए ।
बहुमूल्य जडीबुटी ओसारपसार हुन लागेको सूचनाका आधारमा प्रहरीले विशेष टोली खटाएर केसीलाई पक्राउ गरेको हो ।
सम्बन्धित














१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
प्रतिक्रिया