अरू दलका उम्मेदवार चर्चा गर्न लायक छैनन् : केपी ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवार चर्चा गर्न लायक नभएको टिप्पणी भएका छन् ।
अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारको अधिकार भए पनि चर्चा गर्न लायक नभएको बताएका हुन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यता नभएका अन्य दलका उम्मेदवारलाई छोडेर सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले काठमाडौँलाई विश्वकै नमूना र सफा राजधानी बनाउने बताए । यस्तै, उनले बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौँ महानगरको उम्मेदवार बनाएको दाबी गरे ।
उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारको जोशलाई मिलन गरेर काठमाडौँ महानगरलाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको स्पष्ट पारे । उनले भने, ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्न, किनभने चर्चा गर्न लायक नै छैनन्, केही कुरा गरिरहनु पर्ने आवश्यक्ता छैन, त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्न ।’
अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहको प्रतिबद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले मजदुरको हक, अधिकार सुनिश्चित गर्ने एमाले सदैव तयार रहेको पटकपटक दोहो¥याए ।
















चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया