सुरक्षा प्रमुखमा नयाँ अनुहार
सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रमुख फेरिए, को कस्ता ?
प्रहरीको २९ औं आईजीपीमा एआईजी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको १२ औं आईजीपीमा एआईजी राजु अर्याल

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ)को प्रमुख फेरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै सुरक्षा निकायमा नयाँ प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले नेपाल प्रहरीको २९ औं आईजीपीमा एआईजी धिरज प्रताप सिह र सशस्त्र प्रहरी बलको १२ औं आईजीपीमा एआईजी राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
को हुन् धिरजप्रताप ?
दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् । उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए ।
तर वैकल्पिक सूचीमा परेपछि उनलले २०४९ चैतमा नियुक्ति लिएका थिए। सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।
२०६१ मा प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवा हुँदा पनि सिंह एक नम्बरमै बढुवा भएका थिए । डीएसपी हुँदा सिंहले गोरखा, दोलखा, नुवाकोट जिल्लाको सफल कमाण्ड सम्हालेका थिए ।
२०६९ सालमा डीएसपीबाट प्रहरी उपरीक्षक (एसपी) हुँदा पनि सिंह एक नम्बरमै बढुवा भए । एसपी हुँदा सिंहले दाङ र पर्सा जिल्ला प्रमुख भएर कमाण्ड सम्हालेको अनुभव उनीसँग छ ।
एसएसपी बढुवामा भने सिंहलाई पछि पारियो । उनी दोस्रोमा झरे । एसएसपी हुँदा सिंहले बागमती तालिम केन्द्र र तत्कालीन महानगरीय अपराध महाशाखा हाल उपत्यका अनुसन्धान कार्यालयको प्रमुखको कमाण्ड सम्हालेका थिए ।
२०७६ मा डीआईजी भएका सिंहले मधेस प्रदेश प्रहरी प्रमु्ख र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व गरेका थिए । एआईजी बढुवा हुँदा पनि उनले सीआईबीकै प्रमुख भएर काम गरेको अनुभव उनीसँँग छ । सीआईबीमा ललिता निवास प्रकरण र सिभिल सहरीको केसमा राम्रो काम गरेका थिए । सिंह व्यवसायिक र अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।
उनलाई सरकारले विभिन्न तीन विधाअन्तर्गत विभूषित गरेको छ । ३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् ।
को हुन् राजु अर्याल ?
राजु अर्यालको जन्म २०३१ मंसिर २३ गते भएको थियो । अर्याल १८ चैत २०५४ मा नेपाल प्रहरीमा प्रहरी निरीक्षकका रूपमा सेवा प्रवेश गरेका थिए । उनी २०५८ सालमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)का रूपमा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।
प्रहरीमा रहँदा तत्कालीन वडा प्रहरी कार्यालय बौद्धको प्रमुखको जिम्मेवारी बहन गरेका उनले सशस्त्र प्रहरीमा स्थानान्तरण भएपछि आठवटा कार्यालयमा प्रमुख भएर काम गरिसकेका छन् ।
उनले सशस्त्र प्रहरी बल बाघभैरव गुल्म, सशस्त्र प्रहरी बल प्रधान कार्यालय आर्थिक प्रशासन महाशाखा, कालिञ्चोक भगवती गण, चण्डिका गण, तालिम महाविद्यालय लामापाटन, यूएन तालिम केन्द्र ककनी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालयमा प्रमुख भएर काम गरेका छन्।
उनले सशस्त्र प्रहरी नायब उपरीक्षक हुँदा १८ पुस २०६० देखि १७ असर २०६१ सम्म लाइबेरिया मिसनमा काम गरेका थिए । २५ वैशाख २०६३ देखि ५ वैशाख २०६४ सम्म यूएन मिसन सुडानमा काम गरेका उनी २० फागुन २०६८ देखि २० फागुन २०६९ सम्म यूएन मिसन डार्फरमा कार्यरत थिए । १० माघ २०७० देखि २४ मंसिर २०७१ सम्म उनी लाइबेरियामा एफपीयू कमान्डरका रूपमा कार्यरत थिए ।
२०७८ सालमा सुकीर्तिमय राष्ट्रदीप तृतीयबाट विभूषित उनी २०७४ सालमा सुप्रबल जनसेवाश्री, २०६२ सालमा परदेश सेवापदक, २०६१ सालमा गोरखा दक्षिणबाहु चौथोबाट विभूषित भएका थिए । यस्तै, उनले २०६३ सालमा सुडानमा यूएन मेडल, २०६१ सालमा लाइबेरियामा रहँदा यूएन सेवापदक पाएका थिए । २०६० सालमा उनलाई दैवी प्रकोप उद्धार पदक प्रदान गरिएको थियो ।
हक्की स्वभावका अर्यालको कार्यकालमा सशस्त्र प्रहरीले नयाँ उचाइ लिने सशस्त्रका अधिकृतको विश्वास छ । २४ वर्ष लामो सेवामा उनी कुनै पनि विवादमा आएका छैनन् । उनी २०७७ सालको उत्कृष्ट बाहिनीपति पनि बन्न सफल भएका थिए ।
यो पनि

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया